आज मिति २०७४ साल पौष २९ गते शनिवारका दिन प्रथम रा.खे.प. प्रतियोगिता अन्तर्गत साइकिलिङ्ग तर्फ माउन्टेन वाइक क्रस कन्ट्रि प्रतियोगिता हात्तिवन फर्पिङ्गको डोल्लु सामादायीक वनको साइकिलिङ्ग ट्रयाकमा सम्पन्न भयो । प्रतियोगितामा पुरुष र महिला दुई विधामा खेल सम्पनन भयो । ४ कि.मि. लामो रेसकोर्षमा महिला तर्फ ६ सर्किट गरी जम्मा २४ कि.मी. को दुरीलाई १ घण्टा ५३ मि. १८ सेकेण्डमा पार गरी नुवाकोट जिल्लाकी खेलाडी लक्ष्मी मगरले प्रथम स्थान हासिल गरीन । त्यसै गरी उक्त दुरी २ घण्टा ३५ सेकेण्डमा पार गरी त्रिभुवन आर्मि क्लवकी मञ्जु कुमारी खड्का द्धितिय र काठमाडौं जिल्लाकी रोजा के.सी. तृतीय स्थान हासिल गर्न सफल भए । त्यसै गरी पुरुषतर्फ गत वर्षका द्धितिय खेलाडी नारायण गोपाल महर्जन (काठमाण्डौं) ले ९ सर्किट गरी जम्मा २४ कि.मी. २ घण्टा १० मि. ३१ से. मा ३६ कि.मी. दुरी पार गरी प्रथम स्थान हासिल गरे । द्धितिय र तृतीय तर्फ नेपाल आर्मी क्लव (त्रिभुवन आर्मीक्लव) ओकेश राज बज्राचार्य र प्रताप थापा ले क्रमशः २ घण्टा १८ मि. ०१ सेकेण्ड र २ घण्टा १२ मि. २३ से. मा सम्पन्न गरे । विजेता खेलाडी लाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री केशव कुमार विष्टज्यूले मेडल तथा प्रमाण प्रदान गर्नु भयो ।

RaKhePaLogo_1515928027.jpg